गान्तोक: मानव उत्थान सेवा समिति, सिक्किमद्वारा आज राज्यको विभिन्न स्थानमा मानव धर्मका प्रणेता तथा संस्थापक सतपालजी महाराजको ७२औं जन्मोत्सव हर्षोल्लास सहित पालन गरियो।
राजधानी गान्तोकको तिब्बतपथस्थित सम्बाला आश्रममा पनि मानव धर्मका प्रणेता तथा संस्थापक सतपालजी महाराजको ७२औं जन्मोत्सव हर्षोल्लास सहित पालन गरियो।
यो अवसरमा गान्तोक जिल्ला अन्तर्गत विभिन्न शाखाबाट ठूलो संख्यामा भक्तजनको उपस्तिथि थियो। मानव उत्थान सेवा समिति, बालसभाका बालबालिकाहरुको नृत्य अनि भजन गायनको प्रस्तुतिबाट शुरु भएको जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै साध्वी महात्मा ज्ञान बाईजीले महाराजजीको जीवनी बारे उपस्थित भक्तजनलाई जानकारी गराए।
महाराजजी आध्यात्मिक गुरुमात्र नभएर एकजना कुशल राजनीतिज्ञ समेत रहेको भन्दै बाईजीले नेपाली भाषा मान्यताको माग गर्दै १९८५ मा महाराजजीले सिलगढीदेखि राजधानी गान्तोकसम्म १५ दिन लामो पदयात्रा गरेको अवगत गराए। आध्यात्मिक क्षेत्रमा महाराजजीले मानव धर्मको मञ्चबाट विश्वको सम्पूर्ण धर्मशास्त्रमा उल्लेखित तथा सम्पूर्ण धर्मको सार आत्मज्ञान विश्व मानवमा प्रचारप्रसार गरिरहेको बाईजीले बताइन्।
आत्मज्ञानको प्रचारप्रसारद्वारा मात्र विश्वमानवमा शान्ति आउने बताउँदै बाईजीले महाराजजीको यस महत अभियानमा सम्पूर्ण भक्तसमाजले सहयोग र्पुयाउन आह्वान गरिन्। यसअघि बिहान महारजजीको कुशलता र दीर्घायुको कामना गर्दै विशेष पूजा अर्चना आयोजना गरिएको थियो।