सेना जवानका स्वास्नी करोडौँ रुपियाँ गुटमुटाएर चम्पट

dtyu.png

सिलगढी: साथीहरूबाट रुपियाँ ऋण लिएपछि एउटी महिलाले करोडौँ रुपियाँ लिएर चम्पट कसेकी छन्।सो महिलाविरुद्ध बाघडुग्रा थानामा लिखित अभियोग पनि दर्ता गरिएको छ। घटनाक्रम अनुसार आर्मीकी स्वास्नीले पहिला परिचय, त्यसपछि मित्रता गाँसेपछि कुराकानी शुरू गरेर महिलाहरूको भरोसा जितेर तिनीहरूबाट करोडौँ रुपियाँ लिएर चम्पट कसेको बताइएको छ। यसपछि ती महिलाहरूले आरोपी महिलाविरुद्ध आफूहरूको रुपियाँ लिएर भागेको बारे बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेको छ। आरोप अनुसार सो महिलाले व्यक्तिगत असुविधाहरू देखाएर सेनाका स्वास्नीहरूबाट रुपियाँ ऋण लिएपछि केही दिनमै फिर्ता दिने वाचा गर्थिन्। तिनीहरूले सो महिलालाई आफ्नो पैसा फिर्ता माग्दा विभिन्न बहाना बनाएर टार्ने गरेको आरोप रहेको छ। हाल सो महिलाले करोडौँ रुपियाँ गुटमुटाएर चम्पट कसेको बताइएको छ। पुलिसले अभियोगको आधारमा घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement