खाँचोमा रहेका एउटा परिवारलाई अनित थापाको पक्षबाट नव-निर्मित घर सुम्पियो

IMG-20230921-WA0299.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाको पक्षबाट खाँचोमा रहेका खरसाङको गौरी-शंकर चिया बागानका एक परिवारलाई नव-निर्मित घर सुम्पिएका छन्। खरसाङ गिद्ध-पहाड़ २९ नम्बर समष्टिका अध्यक्ष पेमेन्द्र गुरुङले जनाए अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका स्थानीय नेतृत्वहरुको उपस्थितिमा एवं पञ्चायत समिती खरसाङ ब्लक अध्यक्ष अनु छेत्री साथै घैयाबारी एकका ग्राम पञ्चायत प्रधान रिना छेत्री साथै अन्य सबै वरिष्ठ सदस्य अनि पदाधिकारीहरुका उपस्थितिमा २९ नम्बर समष्टि अन्तर्गत गौरी-शंकर चौकी डाँड़ामा रहेका एउटा खाँचोमा रहेको परिवारलाई घर निर्माणपछि आज उक्त नव निर्मित घर सुम्पिने कार्य गरिएको छ। यस विषयमा समष्टी सभापति खरसाङ गिद्ध-पहाड़ २९ नम्बर समष्टिबाट स्वयं जीटीए प्रमुख अनित थापा उक्त समष्टिबाट सभासद रहेका छन्। अनित थापाको कुशल नेतृत्वमा उक्त क्षेत्र लगायत पहाड़को विभिन्न क्षेत्रहरुमा विभिन्न विकासमूलक कार्य भईरहेको छ भनी बताए। उनले बताए अनुसार खाँचोमा परेका मानिसहरुलाई पनि अनित थापाले सहयोग गर्ने कार्य गरिरहेको छन्। पेमेन्द्र गुरुङले भने, रोप वे, रक गार्डनको नवीकरण, हनुमान मूर्ति आदि विषय-वस्तुको निर्माणमा अनित थापाको प्रमुख भूमिका रहेको छ। त्यति मात्र होइन अनित थापाको नेतृत्वमा नै पहाड़मा शान्ति बहाली भएको छ साथै पहाड़ बन्दमुक्त भएको छ। पहाड़मा विभिन्न विषय-वस्तुमा विकासका कार्यहरू चलिरहेको छ। अनित थापाले शिक्षा, खेलकुद, कृषि, चिया बागान आदि क्षेत्रमा वा विषयहरुमा मानिसहरुलाई विभिन्न प्रकारले सहयोग गरिरहेका छन् साथै अवसर प्रदान गरिरहेका छन्। फलस्वरूप: आवश्यकमा रहेका विद्यार्थीहरु, खेलाड़ीहरु वा विभिन्न विधामा पहाड़का युवा-भाई बहिनीहरु अघि बढिरहेका छन्। पञ्चायत समिती खरसाङ ब्लक अध्यक्ष अनु छेत्रीले बताए अनुसार गौरी-शंकर चौकी डाँड़ाको एउटा घर धेरै वर्षदेखि दयनीय अवस्थामा रहेको थियो। उक्त घरका माता-पिता पनि बितिसकेका छन्। यस अवधि ती घरका दुई बहिनी अनि एक भाइ रहेका परिवारका सदस्यहरु क्रमैले दिप्ती दार्जी, दिपा दार्जी अनि सिद्धु दर्जी घरको दयनीय अवस्था रहेकोले धेरै समस्यामा थियो। यस अवधि, उक्त विषयको जानकारी पाएपछि लगभग पाँच-छ महिना अघि अनित थापाको पहलमा घरको निर्माण कार्य शुरु गरिएको थियो भने आज उक्त निर्माण कार्य समाप्त भएपछि ती परिवारका सदस्यहरुलाई उक्त नव-निर्मित घर सुम्पिएको हो भनी अनु छेत्रीले बताइन्। नयाँ घर निर्माण अवधि ती परिवारका सदस्यहरुलाई नजिककै एउटा घरमा किराएमा राखिएको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement