कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी स्पेनको आफ्नो आधिकारिक भ्रमण पूरा गरेपछि बिहीवार दुबई पुगिन्। ममताले दुबईमा उद्योग जगतका दिग्गजहरूसित महत्वपूर्ण बैठक गरी बंगालमा निवेशलाई अग्रगामी बनाउने मुद्दाहरूमाथि बातचित गर्नेछन्। पश्चिम बंगाल राज्य सचिवालयका अधिकारीले बताए, मुख्यमन्त्रीले दुबईमा दुईवटा महत्वपूर्ण बैठकहरू गर्नेछन् जसमा पश्चिम बंगालमा निवेशलाई अग्रगामी बनाउने विषयहरूमाथि चर्चा हुनेछ। यसपूर्व मुख्यमन्त्रीले म्याड्रिड र बार्सिलोनामा औद्योगिक सम्मेलन पनि गरिन्। मुख्यमन्त्री ब्यनर्जी १२ देखि २३ सेप्टेम्बरसम्म विदेश भ्रमणमा रहनेछन्।
पश्चिम बंगालका मुख्य सचिव हरिकृष्ण द्विवेदीको नेतृत्वमा बंगाल प्रतिनिधिमण्डलले दुबईको ‘जाफजा फ्री जोन’ औ ‘जेबेल अली पोर्ट’ -को दौड़ाह गर्नेछ। जाफजा एउटा विशाल मुक्त व्यापार क्षेत्र हो। यो एशिया, यूरोप र अफ्रिकामाझ प्रत्यक्ष व्यवसायिक संचारको केन्द्र पनि हो। राज्य सरकार पश्चिम बंगालको ताजपुरमा जेबेल अली जस्तो पोर्ट बनाउन इच्छुक छ। त्यसैले मुख्यमन्त्रीको प्रतिनिधिमण्डलले जेबेल अली पोर्टमा पुगेर त्यहाँको आधारभूत ढाँचाहरूको निरीक्षण गर्नेछन्।
शुक्रवार मुख्यमन्त्रीको दुईवटा कार्यक्रम छ। एक औद्योगिक बैठक र दोस्रो प्रवासी बंगाली र भारतीयहरूसित बातचित। यसबीच संयुक्त अरब अमिरातको एक महत्वपूर्ण उद्योग समूह लुलुले मुख्यमन्त्रीसित बातचित गर्नमा रुचि देखाएको छ। बैठक शुक्रवार हुनेछ। लुलु ग्रुपका प्रमुख यूसुफ अली मुसलियाम भेट्टिल अब्दुल क्वाडर केरलस्थित त्रिशूरका मूल निवासी हुन्। उनका काका एमके अब्दुल्ला यस कम्पनीका संस्थापक हुन्। संगठनको मुख्य केन्द्र अबु धाबी हो। लुलुले पछिल्लो केही दशकदेखि निर्यात व्यापार गरिरहेको छ। यसको होटल र रियल एस्टेट व्यवसाय पनि छ। लुलु ग्रुपले केरल बाहेक भारतका अन्य राज्यहरूमा निवेश गरेको छ। उत्तर प्रदेशको लखनऊमा अवस्थित सबैभन्दा विशाल शपिंग मल लुलु ग्रुपले नै बनाएको हो।
बंगाल सरकारको प्रतिनिधिमण्डललाई आशा छ, मुख्यमन्त्री ब्यनर्जीले स्पेनको जस्तै दुबईको यात्राबाट पनि राज्यको लागि निवेशलाई आकर्षित गर्न सक्नेछन्।
-हिस