एशियन गेम्सः अञ्जु तामाङले गोल गरे पनि भारतको हार

IMG-20230921-WA0293.jpg

२१ सेप्टेम्बरः भारतीय महिला फूटबल टीमको निम्ति चीनको हांगझोऊमा जारी १९औं एशियन गेम्समा शुरुवात निराशाजनक रह्यो। बिहीवार खेलिएको म्याचमा भारतले चाइनीज ताइपे विरुद्ध २-१-ले हारको सामना गर्नु पऱ्यो। मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि अञ्जु तामाङले ४६औं मिनटमा गोल गरी भारतलाई बढ़त दिलाइन् तर चाइनीज ताइपेले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। लाई लि-चिनले ६९औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याइन्। त्यसपछि सु यु-सुआनले ८६औं मिनटमा अझ एक गोल गरी चाइनीज ताइपेको टीमलाई जीत दिलाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement