२१ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा सोनापुर आदिवासी क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा सोनापुर एसी-ले भौमिक वरियर्सलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सोनापुर एसी-बाट भीकु थापाले ४३औं र ६७औं मिनटमा २ गोल गरे जबकि रोहित मुर्मुले म्याचको शुरुमै २९ सेकेण्डमा गोल गरे। यसरी भौमिक वरियर्सबाट सौरभ तामाङले १०औं, करण राईले २७औं र विकास ओरावँले ३२औं मिनटमा गोल गरे । विजेता टीमका गोलकीपर अजीत मिञ्जलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब शुक्रवार खेलिने म्याचमा डीएफपी झापा (नेपाल) र अम मानाबारीबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।