सोनादा: सोनादा पर्यटन प्रवर्ध्दन संघकी उपाध्यक्ष उर्मिला शेर्पा बंगलादेशको ढाकामा हुने एसियाली पर्यटन मेलामा सोनादाको प्रतिनिधित्व गर्दैछन्। एसियाली देशहरूबीचको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यसमा पर्यटन कार्यशाला, सांस्कृतिक आदान प्रदान र नेटवर्किङ समावेश छन्। कार्यक्रममा जान अघि उर्मिलाले प्राकृतिक सौन्दर्य, साहसिक र अर्गानिक खानेकुराको समिश्रण भएको सोनादालाई समग्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न आफू त्यहाँ आएको बताइन्। उनले सोनादाबाहेक उत्तर बङ्गाल र सिक्किमका केही व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुने बताइन्। सोनादा पर्यटन प्रवर्द्धन संघ सोनादा र आसपासका क्षेत्रहरूमा पर्यटन गतिविधि प्रवर्द्धनमा केन्द्रित संस्था हो।”