अम्बटेको ज्याङतेर फोडाङ गुम्बामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

IMG_20220713_131413.jpg

खरसाङ: खरसाङ नजिक अम्बटे चियाबारीस्थित ज्याङतेर फोटाङ गुम्बामा हालै मणिपुर नोनी क्षेत्रमा पैह्रोको चपेटमा परेर शहीद भएका भारतीय सेनाका जवानहरुप्रति सामुहिक श्रद्धा सुमन अर्पण गरियो। गुम्बाका अध्यक्ष भूतपूर्व सैनिक दुर्गा प्रसाद पाख्रीनको सभापतित्वमा सम्पन्न शोक सभामा अम्बटेका बौद्ध धर्मावलम्बी हरूको उपस्थिति थियो। लामा पुरोहित मंगल न्यासुरको अगुवाईमा भगवान बुद्धको अघि एकसय आठ वटा बत्ती प्रज्ज्वलन गरियो तथा शहीदहरूको आत्म शान्तिको निम्ति मौन धारण गरियो। उपस्थित समुहलाई सम्बोधन गर्दै लामा न्यासुरले देश रक्षार्थ मृत्यु वरण गर्ने शहीदहरू सोझै स्वर्गमा वास बताए। अध्यक्षीय मन्तव्य राख्दै पाख्रीनले फौजी जीवनमा देशको रक्षाहेतु आफूले भोगेका धेरै घटनाहरू सुनाउँदै शोक सन्तप्त परिवारलाई ईश्वरले धर्य धारणको शक्ति दिउन भनी भगवान बुद्ध समक्ष प्रार्थना चढ़ाए6। असीम मोक्तानद्वारा संञ्चालन गरिएको उक्त शोक सभामा शिक्षक योगेश लामाले पनि आफ्नो विचार राखेको कुरो गुम्बाको पक्षमा असीम मोक्तानले जानकारी दिएका छन्।

About Author

Advertisement