खरसाङ देवराली समष्टीको तीन माइलमा जल जीवन मिशनको क्षेत्रीय सभासदद्वारा शिलान्यास

IMG-20230921-WA0286.jpg

खरसाङ: २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टी अन्तर्गत पर्ने क्षेत्रको तीन माइल बस्तीमा, जल जीवन मिशनकाे कार्य आजदेखि शुरु गरिएको छ। क्षेत्रीय सभासद श्याम शेर्पाकाे हातबाट पूजा अर्जना गरी शिलान्यास सम्पन्न गरिएको छ। यसको साथै टीका राम एजेन्सीबाट पनि यस कार्यक्रममा उपस्थिति रहेको जनाइएको छ। जल जीवन मिशनको यस शिलान्यास कार्यक्रममा समष्टिको नारी मोर्चा सभापति सुष्मा मुखिया अनि सचिव ललिता क्षेत्री पम़नि उपस्थित रहेका थिए भने चिम्नी देउराली ग्राम पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा पनि उपस्थित थिए। क्षेत्रवासीकाे तर्फबाट तीन माइल निवासी किरन लेप्चा, लान्धुप लेप्चा, बोर्निका लेप्चा अनि अन्य सदस्यहरु पनि उपस्थिति रहेको थियो।

उक्त जल जीवन मिशन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले यस समष्टीको तीन माइल क्षेत्रमा जल जीवन मिशनको कार्य अब शुरु भएको छ र यसले यस क्षेत्रका हरेक घरमा पानी पुग्नेछ भनी बताएका छन्। उनले यस काम गुणस्तरीय हुनेछ भनी आशा व्यक्त गर्दै एजेन्सीलाई गुणस्तरीय काम गरिदिने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement