‘जाने जान’: करीना कपूरको पहिलो फिल्म ओटीटीमा रिलिज

httpswp.missmalini.comwp-adminpost.phppost365312actionedit-2023-08-25T125227.274.jpg

मुम्बई: बलिउडकी चर्चित अभिनेत्री करिना कपूर खानको नयाँ फिल्म ‘जाने जान’ आज रिलिज भएको छ। यो फिल्म ओटीटी प्लेटफर्ममा लन्च गरिएको छ। यो फिल्ममा उनी एकल आमाको भूमिकामा छिन्। जसमा करीना छोरीसँग पहाडी क्षेत्रमा बस्छिन्। हत्यापछि उनी पुलिस अनुसन्धानको दायरामा आउँछिन्। यो फिल्मलाई सुजोय घोषले निर्देशन गरेका हुन्। फिल्ममा जयदीप अहलावत र विजय वर्माको पनि अभिनय रहेको छ। फिल्ममा आमाको भूमिका निभाएकी करीनाको नाम माया डिसुजा हो। माया र उनकी छोरी हत्याको मुद्दामा फसेको देखाइएको छ। चलचित्रमा मायाका श्रीमानको नाम अजित म्हात्रे देखाइएको छ। यो भूमिका अभिनेता सौरभ सचदेवाले निभाएका छन्।
चलचित्रमा मायाको छिमेकीलाई चित्रण गरिएको छ। उनको नाम नरेन हो। जो पेशाले शिक्षक हुन्। यो भूमिका जयदीप अहलावतले निभाएका छन्। मायाका श्रीमानको मृत्युबारे पुलिसले अनुसन्धान गरिरहेको छ। यसमा विजय वर्माले पुलिस अफिसरको भूमिका निभाएका छन्। अधिकारीहरु हत्याको रहस्य अनुसन्धानमा जुटेका छन्। त्यही बेला मायाको छिमेकी नरेन उनलाई सहयोग गर्न आउँछन्। चलचित्र ‘जाने जान’ को ट्रेलरमा माया शंकास्पद देखिएकी छिन्। यसमा थ्रिलर र रोमान्टिक कोणका साथै धेरै प्रकारका सस्पेन्स छन्। नरेन र पुलिस अफिसर करण पुरानो साथी भएपछि फिल्मले मोड लिन्छ। छायांकन मार्फत कलिङपोङका केही सुन्दर दृश्यहरु सहित त्यहाँको जीवनशैलीको सानो झलक दिने प्रयास गरिएको छ। यो फिल्म नेटफ्लिक्समा रिलिज भएको छ। सुजोय घोषद्वारा निर्देशित फिल्म जाने जान सन् २००५ मा रिलिज भएको केइगो हिगाशिनोद्वारा लिखित प्रसिद्ध जापानी पुस्तक ‘द डेभोसन अफ सस्पेक्ट एक्स’ मा आधारित छ।

About Author

Advertisement