खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारीको मानेडाँडा निवासी अनिता थापाको घर पैह्रोले प्रभावित बनाएपछि विगत एक वर्षदेखि घरविहीन भएर रिलिफ क्याम्पमा नै बस्दै आएकी छन्। गत वर्ष २०२१ को ५ जनलाईमा अनिता थापाको घरमुनिबाट पैह्रो गएपछि गत वर्षदेखि नै घैयाबारीको एक प्राथमिक पाठशालामा बस्दै आईरहेकी छन्। तर पैह्रोले प्रभावित अनिता थापाको घर अहिलेसम्म पनि बनिएको छैन। कताबाट पनि घर नबनिएपछि अहिलेसम्म पनि घैयाबारीको प्राथमिक पाठशालामा शरण लिएर बसिरहेका छन्। प्राथमिक पाठशालाको स्टोर रुममा विगत लगभग एक वर्षदेखि शरण लिएर बसिरहेकी छन्। अनिता थापाले विभिन्न स्रोतहरूमा घर बनाउनलाई कागज पत्रहरू नदिएको पनि होइन। यदि बेसी कागज पत्रहरू जेरक्स गरेर बुझाए पनि कसैबाट पनि घर नबनिएको मीडियासित कुराकानी गर्दै गुनासो गरेकी छन्। उनले बताए अनुसार मेरो घर विगत वर्ष ५ जुलाईमा पेह्रोले लगेपछि स्थानीयहरू र खरसाङ खण्ड विकास अधिकारीको निर्देशनमा घैयाबारीको नेताजी हाई स्कूलको रिलिफ क्याम्पमा ४५ दिनसम्म बसेको र त्यसपछि पैह्रो गएको ४७ दिनदेखि घैयाबारीको प्राथमिक पाठशालामा बस्दै आएको अनिता थापा बताउँछन्। घर पैह्रोले लगेपछि आफ्नो पतिको अन्त्येष्टि कार्य पनि हाई स्कूलको रिलिफ क्याम्पमा नै गरेको र अब पतिको वर्षदिनको काम अागामी १० जुलाई २०२२ मा हुने र त्यो चै नयाँ घरमा नै गर्ने योजना गरे पनि नयाँ घर कतैबाट पनि नबनिएपछि निराश बनेकी अनिता थापाले अब मेरो घर जसले बनाई दिए पनि हुने भनी इच्छा व्यक्त गरेकी छन्। उनले केही समय अघि आफ्नो पैह्रो गएको घरको निरीक्षण खरसाङको विधायक बीपी बजगाईले पनि रोडबाट नै गरेको र तपाईको घर हुन्छ भने पनि अहिलेसम्म बनिएन भनी गुनासो पोखिन्। अनिता थापाले आफ्नो घर बनाउन मंगर विकास बोर्डलाई पनि गुहार मागेकी थिइन् तर बनिएन भन्दै मेरो घर एनजीओको बनाई दिन्छु भनेको तर भेट्न जाँदा चिन्दिन भनेकोले झनै निराश बनिन्। थापाले आफुलाई समस्या परेको बेला, दु:ख परेको बेला हाम्रो एमपी, एमएल खोई कता छन् भनी प्रश्न गर्दै मेरो लागि घर निर्माण अहिले खाँचोको विषय बनेको छ भनी बताइन्। अनिता थापा अहिले पतिको निधनपछि एक्लै बस्दै आईरहेकी छन् भने छोरी पनि विवाह भएर गएकी छन्। तर आफ्नो घर पैह्रोले लगेपछि अहिले प्राथमिक पाठशालामा स्टोर रुममा बस्दै आएकी छन् र अहिलेसम्म कतैबाट पनि घर नबनिएपछि म मीडिया सामु आएर बोल्नु कर लागेको छ भनी बताएकी छन्।









