घैयाबारीमा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

IMG-20230921-WA0284.jpg

खरसाङ: तीनधारे पुलिस आउट पोष्ट र घैयाबारी युउथ क्लबको संयुक्त आयोजनामा आज घैयाबारीको मानेडाँड़ास्थित सार्वजनिक भवनमा एक सामाजिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङबाट बिनोद अग्रवाल उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण दिसान प्रधानले राखेका थिए भने कार्यक्रमलाई विपासना प्रधानले सञ्चालन गरेका थिए।

यस सामाजिक सचेतना कार्यक्रममा घैयाबारी क्षेत्रका विभिन्न स्कूलहरूका विद्यार्थीहरू उपस्थित रहेका थिए। कार्यक्रममा ब्लु डाईमण्ड स्कूल घैयाबारीकी प्राचार्य मार्थीरानी राई, नेताजी हाई स्कूलका शिक्षक प्रभारी दिनेश प्रधानले नानीहरूलाई शिक्षा विषयमा सचेतना गरेका थिए। त्यसरी नै खरसाङकी इच्छा अग्रवालले नानीहरूलाई शिक्षाको विषयमा सचेतना गराएकी थिइन्।

त्यसरी नै कार्यक्रममा तीनधारे पुलिस आउट पोष्टका बड़ाबाबु एसआई बीरेन्द्र छेत्रीले नानीहरू लगायत उपस्थित मानिसहरूलाई सामाजिक सञ्जालको सही प्रयोग, फेसबुकको प्रयोग, ब्यांकिङ फ्रड, एटीएमको कोर्ड, विभिन्न फ्रड कलहरू विषयमा सचेतना पनि गराएका थिए। उनले कार्यक्रममा घैयाबारी युउथ क्लबका युवाहरूले सचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत सदस्य महेश छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा पञ्चायत समिति सदस्य वाङ्दी लामा, घैयाबारी युउथ क्लबका सभापति ज्ञानेन्द्र राई लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रम विषयमा घैयाबारी युउथ क्वबका कार्यक्रम प्रमुख दिसान प्रधानले पत्रकारहरूलाई विस्तृत रूपमा जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement