तीनधारेमा तीन दिवसीय गणेश चतुर्थी पूजाको समापन

IMG-20230921-WA0270.jpg

खरसाङ: खरसाङको तीनधारेमा तीन दिवसीय गणेश चतुर्थी पूजा सम्पन्न भएको छ। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा तीन दिवसीय गणेश चतुर्थी पूजा सम्पन्न भएको छ। यस तीन दिवसीय पूजाको पहिलो दिन १९ सेप्टेम्बरमा गणेशको मूर्ति लिएर रैलीको आयोजना गरी तीनधारे क्षेत्रको परिक्रमा गरिएको थियो। त्यसरी नै दोस्रो दिन हिजो २० सेप्टेम्बरको दिन रामेश्वर शिवालय पूजामा भजन कीर्तनको कार्यक्रम सम्पन्न भएको थियो। यस क्रममा गायक कर्म मोक्तान, बरूण रसाईली, ईशान्त विश्वकर्म, प्रशान्त रसाईली, सुदन लकान्द्री, दिनाकर शंकर र अन्यले भजनहरू प्रस्तुत गरेका थिए।

त्यसरी नै सिलगढीबाट आएका बाँसुरी वादकले पनि आफ्नो प्रस्तुति दिएका थिए। त्यसरी नै मानव उत्थान सेवा समिति तीनधारे र साई समिति तीनधारेद्वारा विभिन्न भजनहरू प्रस्तुत गरेका थिए। त्यसरी नै तेस्रो दिन २१ सेप्टेम्बरको दिन रामेश्वर मन्दिरमा होम सम्पन्न गरिएको थियो। उक्त तीम दिवसीय गणेश चतुर्थी पूजामा सिलगढी र खरसाङका पण्डितहरू उपस्थित रहेर पूजा अर्चना र होम आदि सम्पन्न गरेका थिए। उक्त तीन दिवसीय गणेश पूजाको विसर्जन भोलि २२ सेप्टेम्बरमा दुधेमा गरिने भएको बताएका छन्। तीनधारेमा सम्पन्न उक्त तीन दिवसीय गणेश चतुर्थी पूजा विषयमा आयोजक समितिको पक्षमा सञ्जीव मंगरले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement