सिलगढी: मोबाइल दोकानको सटर भत्काएर लाखौँ रुपियाँको मोबाइल चोरी गरेको घटना फाँसीदेवा ब्लकको विधाननगरको भगन्नाथपुर इलाकामा घटेको हो। मोबाइल दोकानका मालिकले बताएअनुसार दोकानभित्र राखेको १० वटा मोबाइल, अन्य समानहरू मिलाएर लगभग डेढ लाख रुपियाँको समान चोरी भएको छ। घटनाबारे थाना अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।