बाग्राकोट: एनएचपीसी कालिझोडाले बाग्राकोट हाईस्कुललाई लिएर लगाताररूपले विभिन्न उपयोगी कार्यक्रम गर्दै आइरहेछ। यसैक्रममा आज बाग्राकोट हाइस्कुलमा एचएचपीसी-कालिझोडाले एच विशेष कार्यक्रम आयोजना गरेको थियो। यस अवसरमा एनएचपीसी का एचओपी श्रीओम प्रकाश मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। भ्रष्टाचार उन्मूलनका लागि केन्द्रिय सतर्कता आयोगले शुरू गरेको संकल्प पीडपी-बारे खुलस्त गर्न आयोजित यस कार्यक्रममा विद्यालय परिवारबाहेक पाब्रिङटार जीपी-का जनप्रतिनिधिहरू, एसएचजी सदस्यगण र बाग्राकोट जीपी-का जनप्रतिनिधिहरूलाई विशेषरूपले निम्त्याइएको थियो। कार्यक्रममा जलपाइगडी जिल्ला परिषदकी कर्माध्यक्ष सलिना छेत्री विशिष्ट अतिथिको रूपमा आसिन थिइन्। कार्यक्रमको शुरुआतमा मुख्यअतिथि श्रीओम प्रकाशले भ्रष्टाचारविरूद्ध आवाज उठाउने अनि भ्रष्टाचारमुक्त समाज र राष्ट्रनिर्माणमा योगदान पुर्याउने लिखित संकल्प पढ्दै सबैलाई सपथ खुवाएका थिए। यसउपलक्ष्य विद्यार्थीवर्गले सुन्दर लोकनृत्य र गीत प्रस्तुतिका साथै पीडपी-बारे सबैलाई अवगत गर्न भनेर बाग्राकोट हाईस्कुलद्वारा निर्मित नेपालीभाषामा आधारित डक्युमेन्ट्री र लघिचलचित्र प्रदर्शित गरिएको थियो।

सहशिक्षिका सोनी लकान्द्रीद्वारा सन्चालित कार्यक्रममा मुख्यातिथि श्रीओम प्रकाश,विशेष अतिथि सलिना छेत्री अनि प्रधानाध्यापक सागर शर्माले सारगर्भित वक्तव्य प्रस्तुत गर्दै उपयोगी आयोजना भन्दै सराहना गरेका थिए।
एनएचपीसी-को पक्षमा स्वागत वक्तव्य पीभीओ एनएच मल्लिकले,धन्यवाद ज्ञापन डीजीएम आशुतोष कुमार झाले अनि साइबर क्राइम सुरक्षा र सतर्कता विषयक जारुकतामूलक वक्तव्य श्रीमसुदले प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा एनएचपीसी-द्वारा सहभागी कलाकार र लघिचलचित्र निर्माण टोलीलाई सम्मान स्वरूप पारितोषिक प्रदान गरिएको थियो।