अन्तिम पंघाल सेमिफाइनलमा पराजित

n53976232416952979611587f7c5867f66962e611dcd081e34dd0cd7712ac81a620557595fc4f066cc211a2.jpg

ओलम्पिक कोटाको लागि लड्ने

बेलग्रेड। भारतीय पहलवान अन्तिम पंघाल ५३ किलोग्राम वर्गमा विश्व कुश्ती च्याम्पियनशिप २०२३ को सेमिफाइनलमा बेलारूसकी वेनेसा कलादजिन्स्कायासॅंग ४-५ले पराजित बनेपछि बिहिवार कांस्य पदक र २०२४ पेरिस ओलम्पिक कोटाको लागि लड्नेछिन्।

स्वर्ण पदकको स्पर्धामा अब कलादजिन्स्कायाको भिडन्त जापानकी अकारी फुजिनामीसॅंग हुनेछ, जसले दोस्रो सेमिफाइनलमा ग्रीसकी मारिया प्रेवोलाराकीलाई हराएकी थिइन्।

कलादजिन्स्कायाले पहिलो राउण्डको अन्तमा १-० को महत्वपूर्ण बढत लिएर पंघालाई ब्याकफुटमा पुऱ्याएकी थिइन्। दोस्रो राउण्डमा १९ वर्षीय पंघालले राम्रो प्रयास गरिन्, तर उनी बढत लिन विफल बनिन् र पराजित भइन्। यस अघि पंघालले वर्तमान विश्व च्याम्पियन ओलिविया डोमिनिक पेरिशलाई हराएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement