२१ सेप्टेम्बरः भारतीय पुरुष फूटबल टीमले चीनको हांगझोऊमा जारी १९औं एशियन गेम्समा जीतको खाता खोल्यो। बिहीवार खेलिएको म्याचमा भारतले बंग्लादेशलाई १-०-ले पराजित गऱ्यो। मध्यान्तरसम्म दुवै टीमले गोल गर्न नसके पनि अन्तमा कप्तान सुनिल छेत्रीले ८५औं मिनटमा पेनल्टीबाट दिलाएको गोलले भारतलाई जीत दिलायो। यसअघि आफ्नो पहिलो म्याचमा भारतले आयोजक चीन विरुद्ध ५-१-ले हारको सामना गर्नु परेको थियो। भारतले अब २४ सेप्टेम्बरमा खेलिने आफ्नो अन्तिम ग्रुप म्याचमा म्यांमारको चुनौती स्वीकार्नेछ। यसबीच भारतीय महिला फूटबल टीमले आज चाइनीज ताइपेको चुनौती स्वीकार्नेछ।