८० हजार रुपियाँ लूट मामिलामा एक पक्राउ ५० हजार बरामद

IMG-20230921-WA0230.jpg

सिलगढ़ी। ब्याङ्कबाट रुपियाँ झिकेर घर जाँदा बाटोमा ८० हजार रुपियाँ लूटपाट भएको मामिलामा पुलिसले एकजनालाई पक्राउ गर्नको साथै ५० हजार नगद बरामद गर्न सफल भएको छ।
गत मंगलाबारको दिन एनजेपी थानाको पुलिसले उक्त मामिलामा नौकाघाट क्षेत्रको अनूप ग्वाला नामक व्यक्तिलाई पक्राउ गरेर तिनीबाट ५० हजार रुपियाँ नगद बरामद गरेर पीड़ितलाई दिन सफल भएको छ। प्राप्त जानकारी अनुसार, गत शुक्रबार अपरान्ह समय फुलबारी एक नम्बर ग्राम पञ्चायत क्षेत्रको घोड़मोड़ नजीक रामनगर बस्ती निवासी बबिता राय एनजेपीको एउटा सरकारी ब्याङ्कबाट आफ्नो छोराको उपचारको निम्ति पैसा निकालेर टोटोमा चढ़ेर घर फर्किरहेको थियो उक्त टोटो डीएस कलोनी क्षेत्रमा आईपुग्दा पछिबाट आईरहेको एउटा बाइकमा सवार दुईजना युवकले उक्त पैसा थुतेर लगेको थियो भने बबिता रायले यसको प्राथमिकी शुक्रबार साँझ एनजेपी थानामा दर्ता गरेकी थिईन्।

सीसीटीभी फूटेजको मदतमा मंगलाबार राती नौकाघाटबाट अनूप ग्वाला नामक व्यक्तिलाई पक्राउ गरेर छानबीन गर्दा ५० हजार रुपियाँ बरामद गर्न सफल भएको थियो। पुलिसको त्वरित कार्रवाईले बबिता राय र उनको परिवार खुसी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement