टिस्टा: टिस्टा अनि रंगीत नदीमा ऱ्याफ्टिङ पर्यचलाएर जीविका उपार्जन गरिरहेका युवाहरूमाझ वितेको केही समयदेखि उत्पन्न विवादलाई लिएर जीटीए पर्यटन विभागले आज मध्यस्थता गर्दै आयोजित सभामा कुनै स्पष्ट सहमति बन्न सकेन। जीटीए एडभेञ्चर टुरिजमका मुख्य संयोजक दावा शेर्पाले मिडियालाई बताए अनुसार टिस्टा अनि मल्लीका ऱ्याफ्टरहरूलाई आगामी ५ दिनभित्रमा विभागले आजको सभामा सुझाएको सल्लाहबारे आफ्नो अड़ान स्पष्ट गर्नुपर्नेछ। यदि त्यसमा ऱ्याफ्टिङ संगठनहरू विफल रहेको खण्डमा विभागले अघिबाटै गठन गरेको एडभेञ्चर टुरिजम एपेक्स कमिटी मार्फत् ऱ्याफ्टिङका आगामी नियामकहरू तय गरिनेछ।