चालसाको काली मन्दिरमा चोरी

IMG-20230921-WA0194.jpg

जलपाईगढ़ी। चालसाको एउटा पारम्परिक माँ आननकाली मन्दिरमा पसेर केही अज्ञात चोर समूहले काली माताको सुन र चाँदीको आभूषण जम्मै चोरेर चम्पट कसेको घटनाले चालसा क्षेत्रमा बिहीबार सनसनी मच्चिएको छ। मन्दिरको ग्रिल गेटको ताला फोरेर चोर समूहले माताको सुन र चाँदीको आभूषण एवम् दानपेटी भत्काएर जम्मै पैसा लिएर टाप कसेको बताईएको छ। बिहीबार विहान मात्र मन्दिरको पूजारी पूजा गर्न पुग्दा मन्दिर चोरी भएको घटनाको खबर फैलिएको थियो भने घटनाको जानकारी मन्दिर कमिटीलाई दिएपछि कमिटीका सदस्यहरुले यसको सूचना पुलिसलाई दिएको थियो। घटनास्थलमा मटेली थानाको पुलिसबल पुगेर जाँच शुरु गरेको बताईएको छ।

उक्त मन्दिरमा सीसीटीभी रहेता पनि केही दिन अघि खराबी आएकोले त्यसलाई मरम्मती गर्न पठाएकोले सीसीटीभी फूटेज बिना पुलिसले जाँच अघि बढ़ाएको छ। चारैतिर मानिसहरुको बसोबास रहेको क्षेत्रमा मन्दिर रहेको तर यसरी चोरी हुनु भनेको पुलिसको टहलदारी नभएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement