तृणमूल पञ्चायत प्रधानको गोली हानेर हत्या

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगालमा राजनीतिक हत्या रोकिने नाम लिएको छैन। ताजा घटनामा उत्तर दिनाजपुरका एक तृणमूल नेताको गोली हानेर हत्या गरिएको छ। घटना बुधवारको हो। पुलिस अनुसार, गोली लागेपछि तृणमूल नेतालाई अस्पताल लगियो जहॉं चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। एक पुलिस अधिकारी भने, ‘हामी सबै स्तरबाट घटनाको जॉंच गरिरहेका छौ।’ हत्याको विरोधमा तृणमूल समर्थकहरूले केही समयको निम्ति राज्यको उत्तर अनि दक्षिणलाई जोड्ने मुख्य राजमार्ग अवरुद्ध गरे।

पुलिसले बुधवार पश्चिम बंगालको उत्तर जिनाजपुर जिल्लामा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले कथित रूपमा तृणमूल कांग्रेसका एक पञ्चायत प्रधानको गोली हानेर हत्या गरेको बताएको छ। मृतकको नाम पांजीपारा ग्राम पञ्चायत प्रमुख मोहम्मद राही बताइएको छ। बुधवार दिउॅंसो पञ्चायत कार्यालय परिसरमा राहीमाथि गोली ठोकियो।

पुलिस सूत्रहरू अनुसार, पीड़ितमाथि मोटरसाइकलमा आएका अज्ञात बदमाशहरूले लगातार गोली चलाएका थिए। यसपछि, उनीहरू घटनास्थलबाट भागे। घाइते राहीलाई शुरूमा बिहारको किशनगंज मेडिकल कलेज एवं अस्पताल लगियो भने पछि पश्चिम बंगालको सिलगढीस्थित स्थानीय एउटा निजी अस्पतालमा स्थानान्तरित गरियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो। पुलिसले अज्ञात आरोपितहरू विरूद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement