८ भारतीय पुरुष हकी टीमका कप्तान हरमनप्रीत सिंह र ओलम्पिक पदक विजेता महिला बक्सर लवलीना बोरगोहेन २३ सेप्टेम्बरमा चीनको हांगझोऊमा हुने एशियन गेम्सको उद्घाटन समारोहमा भारतीय दलका ध्वजवाहक हुनेछन्। भारतीय ओलम्पिक संघ (आईओए)-ले महाद्वीपीय खेल आयोजनको निम्ति संयुक्त ध्वजवाहक बनाउने फसेला गऱ्यो। यसपाली एशियन गेम्समा जम्मा ६५५ जना भारतीय खेलाड़ीहरूले हिस्सा लिइरहेका छन्, जुन अहिलेसम्मको देशको सबैभन्दा ठूलो दल हो। भारतीय दलका दल प्रमुख भूपेन्दर सिंह बाजवाले भने, हामीले धेरै सोचविचार गरेर फसेला लियौं। भारतीय वुशु संघका प्रमुख बाजवाले भने, यसपाली एशियन गेम्समा हाम्रो दुईजना ध्वजवाहक हुनेछन् – हकी कप्तान हरमनप्रीत सिंह र बक्सर लवलीना बोरगोहेन।
भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा २०१८ जकार्ता एशियन गेम्सको उद्घाटन समारोहमा ध्वजवाहक बनेका थिए। लवलीनाले टोक्यो ओलम्पिकमा ६९ किग्रा वर्गमा काँस्य पदक जितेकी थिइन्। यसरी उनले यस साल नयाँ दिल्लीमा भएको महिला बक्सिंग च्याम्पियनशीपको ७५ किग्रा वर्गमा भाग लिएर स्वर्ण पदक जितेकी थिइन्। हरमनप्रीतको गन्ती विश्वका सर्वश्रेष्ठ ड्र्याग फ्लिकरहरूमा हुन्छ। उनी टोक्यो ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जित्ने भारतीय टीमका हिस्सा थिए, जसले भारतीय हकी टीमको ओलम्पिकमा चार दशकभन्दा अधिक समयदेखि जारी पदकको खड़ेरीलाई समाप्त गरेको थियो। भारतीय पुरुष हकी टीम हांगझोऊ एशियन गेम्समा पनि स्वर्ण पदक जित्ने लक्ष्यको साथ मैदानमा ओर्लिनेछ। यस्तो गर्न सके टीमले २०२४ पेरिस ओलम्पिकमा सीधा प्रवेश पाउनेछ। बाजवाको साथ एशियन गेम्समा चार उप दल प्रमुख पनि हुनेछन्। उनी आईओए-द्वारा कुश्तीको निम्ति गठित तदर्थ समितिका चेयरम्यान पनि हुन्।