जेकेएस टोटोपाड़ा सजिलै सेमिफाइनलमा

IMG-20230921-WA0159.jpg

२१ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा जेकेएस टोटोपाड़ाले सेमिफाइनलमा स्थान बनायो। रामझोड़ा फूटबल मैदानमा बुधवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा जेकेएस टोटोपाड़ाले नरसिंगपुर फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट विदेशी खेलाड़ी फोफानोले २७औं र ८८औं मिनटमा गोल गरे।

यसबाहेक साहिल राणाले ५४औं मिनटमा गोल गरे। यसरी नरसिंगपुर एफए-बाट बसन्त नेवारले ३१औं मिनटमा गोल गरे। फोफानोलाई हीरो अव् द म्याच चयन गरियो। अब २४ सेप्टेम्बरमा खेलिने तेस्रो क्वार्टर फाइनलमा उज्जल इलेभेन (बीरपाड़ा) र कारबाल्ला फ्रेण्डशीप स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement