आईसीडीएस र आँगनबाडी कर्मचारीहरूको कार्यकारी समितिको समन्वय सभा सम्पन्न

si-5

गान्तोक: अल सिक्किम आईसीडीएस आँगनबाडी कार्यकर्ता, आँगनवाडी सहयोगी अनि अतिरिक्त आँगनबाडी कर्मचारीहरूको कार्यकारी समितिको एक समन्वय सभा सिङतामस्थित नगर पञ्चायत भवनमा सम्पन्न भयो।

उक्त कार्यक्रममा पाकिम जिल्लाका निम्ति मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विशाल पोख्रेल शर्मा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

उक्त कार्यक्रममा संस्थालाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेबारेमा छलफल गरिएको जानकारी गराएको छ। यस अवसरमा संस्थाका कुनै पनि सदस्यहरू विरामी हुँदा अर्थात दुर्घटनामा परि ज्यान गुमाउनु परेको खण्डमा संस्थाले सहयोग पुऱ्याउने निर्णय लिएको छ। राज्यमा हाल १३०८ वटा आईसीडीएस केन्द्रहरू सञ्चालनमा रहेको र त्यहाँ कूल २६४२ कर्मचारीहरू रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

आईसीडीएस केन्द्रमा कार्यरत अनरियम कर्मचारीहरूले सम्बन्धित विभागबाट कुनै प्रकारको सहयोग नपाएकोले गर्दा दुःखको घडीमा मिलेर सहयोग पुऱ्याउनु पर्ने बाध्यता हुँदा संस्थाले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताइको छ। यस कार्यक्रमको अध्यक्षता अध्यक्ष प्रभा छेत्रीले गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement