आगामी ३-५ अक्टोबरमा तेस्रो राज्यपाल बेडमिन्टन प्रतियोगिता हुने

IMG-20230920-WA0364.jpg

गान्तोक: आगामी ३-५ अक्टोबसम्म आयोजना हुने तेस्रो राज्यपाल बेडमिन्टन प्रतियोगिता राजभवन परिसरमा सम्पन्न हुने भएको छ। यसै क्रममा आज राजभवन परिसरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यपालका सचिव जेडी भोटियाले उक्त प्रतियोगिता बेडमिन्टन एसोसिएशन अफ् सिक्किम र राजभवनको संयुक्त प्रयासमा आयोजना हुने बताए। सो प्रतियोगितालाई चार भागमा विभाजन गरिएको छ, जसमा राजनीतिक नेता र अधिकारीहरूको निम्ति डबल्स, पुरूष र महिलावर्गको निम्ति खुल्ला र एकल हुने भएको छ। राजभवनको इन्डोर स्टेडियममा आयोजना हुने सो प्रतियोगिताको फाइनल खेल भने पाल्जर स्टेडियममा सम्पन्न हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement