१६-१७ अक्टोबरको दिन राजधानीमा सिक्किम युथ कन्भेन्सन आयोजना गरिने

IMG-20230920-WA0363.jpg

गान्तोक: आगामी १६-१७ अक्टोबरको दिन राजधानीस्थित मनन केन्द्रमा दुई दिवसीय सिक्किम युथ कन्भेन्सन भव्यरूपमा पालन गरिने भएको छ। गैर सरकारी संस्था भोइसको पहलमा आयोजना हुन लागेको उक्त सम्मेलनमा देशका प्रसिद्ध मोटिभेसनल वक्ताहरूको उपस्थिति रहने आयोजक समितिका प्रमुख संयोजक सञ्जय राईले जानकारी गराए। आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समितिका प्रमुख संयोजक राईले राज्यका युवा साथै विद्यार्थीहरूलाई सही दिशा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिने उनको भनाइ रहेको छ। सो कार्यक्रममा राज्यका सरकारी र निजी महाविद्यालयबाट नौसय भन्दा अधिक विद्यार्थीहरूलाई आमन्त्रित गरिने उनले अवगत गराए। सिक्किमको इतिहासमा शिक्षाक्षेत्रलाई लिएर पहिलो पल्ट यस प्रकारको कार्यक्रम आयोजना हुन लागिरहेको राईले अवगत गराए। यस दुई दिवसीय कार्यक्रमबाट विद्यार्थीहरूले अवश्य पनि आफ्नो भविष्य निर्धारण गर्न सक्ने उनले किटान गरे। सो कार्यक्रममा वक्ताकोरूपमा विकास दिव्य कृति, खान सर, सोनु शर्मालाई निम्ताइएको छ भने राज्यबाट शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ रहनेछन्। दुई दिवसीय कार्यक्रमको समापन पछि कार्यक्रमबाट विद्यार्थीहरूले सिकेका कुराहरूबाट विद्यार्थीहरूबाट प्रतिक्रिया पनि आयोजक समितिले लिने भएको छ। यसै क्रममा आयोजक सिक्किम युथ कन्भेन्सनका अध्यक्ष मनोज राईले यो कार्यक्रम विशेष गरेर युवा विद्यार्थीहरूको भविष्यबारे तय गर्ने उद्देश्यले आयोजना गर्न लागेको जानकारी गराए। उनले थप जानकारी गराए अनुसार यस कार्यक्रमको शुरूवात योगबाट गरिने छ भने १७ अक्टोबर समापनको दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह मुख्य अतिथिकोरूपमा उपस्थित रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement