गोर्खा नव ज्योति संघको तत्वावधानमा भानु जयन्ती पालन

IMG-20220713-WA0078.jpg

गोरुबथान: पान डाडा गोरुबथानको एक पुरानो संघ हो गोर्खा नव ज्योति संघ।यस संघले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।यस वर्ष पनि यस संघले २०८ औ भानु जयन्ती पालन गर्यो। महेश्वर प्रधानद्वारा सन्चालित यस कार्यक्रममा संघका सभापति राजु मिजारले द्वीप प्रज्वलन गरेर शुरु गरेका कार्यक्रममा आर्यन होस्टलका नानीहरूले मीठो कविता वाचन गरे। अन्जली राई,सानिका सुनुवार, अब्बास मुखिया, आर्यन प्रधान, प्रियान्सु राई, डोमा शेर्पा, संस्कार शर्मा, अनिस गुरुङ, ध्रुब छेत्री आदिले कविता वाचन गरेर दर्शकलाई मन्त्रमुग्ध बनाए। अन्तमा संघका सदस्य बिबेक थापाले सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गरे।

About Author

Advertisement