केन्द्रिय मन्त्री आरके सिंहसॅंग मुख्यमन्त्रीकाे भेट

IMG-20230920-WA0368.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय उर्जा, नयॉं एवं नवीकरणीय उर्जा मन्त्री आरके सिंहसॅंग नयॉं दिल्लीस्थित श्रम शक्ति भवनमा भेट गरे। यस भेट अवधि जलविद्युत परियोजनाहरूसॅंग सम्बन्धित विषयहरूमाथि चर्चा गरिएको जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।

मुख्यमन्त्रीले निकै समयअघि स्थापित र अहिले बन्द अवस्थामा रहेका लघु जलविद्युत परियोजनाहरूलाई पनि सञ्चालनमा ल्याउने कार्य गरिएको केन्द्रिय मन्त्रीलाई जानकारी गराए। यसैगरी, उनले ट्रान्समिशन लाइनका जमीनदाताहरूको लम्बित क्षतिपूर्ति सम्बन्धित समस्यालाई समाधान गरिएको बताउॅंदै सिक्किममा आरडीएसएसका चलाउन विचार गरिदिएकोमा धन्यवाद दिए।

केन्द्रिय मन्त्रीले सिक्किम एउटा पहाड़ी राज्य भएकाले विभिन्न चुनौतीहरूको सामना गर्दै राज्यको विकासको निम्ति सरकारले उठाएका कदमहरूको सराहना गरेको पनि मुख्यमन्त्रीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement