नयॉं दिल्ली: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा उपचारको निम्ति गएका सिक्किमका बिरामीहरूसॅंग भेट गरेर आर्थिक सहायता प्रदान गरेका छन्। मुख्यमन्त्रीले दिल्लीमा उपचारको निम्ति रेफर भएका २० जनासॅंग भेट गरेर आर्थिक सहायता प्रदान गरेको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फता दिएका छन्। मुख्यमन्त्रीले भनेका छन्, चिकित्सा उपचार गराइरहेका मानिसहरूलाई सहयोग र समर्थन गर्नु हाम्रो सरकारको लामो समयदेखिको प्राथमिकता हो। उनले आज दिल्लीमा २० जना उपचाराधीन मानिसहरूसॅंग भेट गरेर एसपीडीसीएलको सीएसआर कोष अन्तर्गत चिकित्सा सहायता प्रदान गरेको जानकारी गराएका छन्। यस अवसरमा विधानसभा अध्यक्ष अरुण उप्रेती पनि थिए।










