एसडीएफ पार्टी भनेको जनविरोधी र भ्रष्टाचारी नौकरशाहहरू थन्किने अनि निस्सासिने ओ़ढ़ारः एसकेएम

IMG-20230920-WA0058.jpg

गान्तोक: एसडीएफ पार्टीको १९ सेप्टेम्बरमा सम्पन्न जोइनिङ कार्यक्रमलाई सत्तारूढ़ एसकेएम पार्टीले ‘हात्ती आयो हात्ती आयो फुस्स…’ भने झैं भएको बताएको छ।एसडीएफ पार्टीले १९ सेप्टेम्बरका दिन सिक्किमका राजनीतिक धरातलका महारथीहरू साथै एसकेएम पार्टीका उच्च नेताहरू एसडीएफ पार्टीमा सामेल हुनेछन् भनेर ढोल पिटेका थिए, तर उनीहरूको यो ढोल पिटाई पूर्ण रूपले झुटो साबित भएको एसकेएमले ठहर गरेको छ। एसडीएफ पार्टीमा एसकेएम पार्टीका कोही पनि नेताहरू सामेल नभएको एसकेएमले दाबी पनि गरेको छ। एसकेएम सोशल मिडिया सचिव शितल सोताङ (राई) द्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, आफ्नो प्रोपोगाण्डामा विफल बनेपछि एसडीएफमै रहेका अनि २०१९-मा एसडीएफलाई नै सघाएका केही सेवा निवृत्त नौकरशाहहरूलाई जबरजस्ती एसडीएफ पार्टीमा सामेल गरेको नाटक गरेर गाल टार्ने प्रयास गरे। २०१९-को आम चुनाउमा पवन चामलिङको परिवारवादी र सामन्ती सोंच एवं कार्यपद्धतिकै कारण अवसर नपाएका अनि अवसर नपाएपछि एसडीएफ पार्टीबाट बाउँठिएर हिँड़ेका केही अवसरवादी व्यक्तिहरू अवसरकै खोजीमा फेरि एसडीएफमा फर्किएका छन्, यसको ज्वलन्त उदाहरण श्री आशीष राई हुन्। एसडीएफ पार्टीलाई ‘स्कूल अफ् पोलिटिक्स’ भनेर हिजो सम्बोधन गर्ने आशीष राईले २०१९-मा आफूले टिकट नपाउँदा ‘स्कूल अफ् पोलिटिक्स’ एसडीएफ पार्टीको मुख्यालयका झ्यालका ऐनाहरू ढुंगाले हिर्काएर फुटाएको एसकेएमले बताएको छ। यसरी नै सेवा निवृत्त नौकरशाहहरू एसटी तामाङ, पदमलाल सुब्बा आदि २०१९-सम्म एक सरकारी अधिकारीको रूपमा होइन तर त्यस समयका मुख्यमन्त्री पवन चामलिङको चाटुकारिता गर्दै आएका जनता विरोधी नौकरशाहहरू थिए। यस्ता जनविरोधी र भ्रष्टाचारी नौकरशाहहरू थन्किने अनि निस्सासिने ओ़ढ़ार भनेको नै एसडीएफ पार्टी हो भनी एसकेएमले आरोप पनि लगाएको छ। एसकेएमले अघि भनेको छ, आफ्नो शासनकालमा सिक्किमेली जनसमुदायलाई शोषण, दमन गर्ने यिनै एसडीएफ पार्टीका नाइकेले २०२४-मा पुनः गल्ती नगर्ने जुन बयान दिइरहेको छन् त्यो गोहीको आँसु हो भन्ने कुरा सिक्किमेली सर्वसाधारणले बुझिसकेका छन्, अनि एसडीएफ २.० अभियानलाई सही समयमा सिक्किमेली सर्वसाधारणले उचित उत्तर दिनेछ भन्ने कुरामा एसकेएम पार्टी विश्वस्त छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement