एसडीएफ पार्टीमा ठूलो संख्यामा भएको सामेलीबाट एसकेएम पार्टीको जग हल्लिएको छः एसडीएफ

IMG-20230920-WA0042.jpg

गान्तोक: एसडीएफ पार्टीमा राज्यका विभिन्न स्थानबाट ठूलो संख्यामा भएको सामेलीबाट सत्तारूढ एसकेएम पार्टीको जग हल्लिएको एसडीएफले बताएको छ। यस सामेली कार्यक्रममा कूल ७२४ परिवारलगायत राज्यका दिग्गज तथा जिम्मेवार व्यक्तित्वहरूले एसडीएफ पार्टीको सिद्धान्त र कार्यक्रम साथै ‘सिक्किम बचाऔँ अभियान’-लाई अङ्गीकार गरेको एसडीएफले प्रेस विज्ञप्तिमा दाबी गरेको छ।

एसडीएफ प्रचार प्रसार महासचिव दिव्या शर्माद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, सामेल हुनेहरूमा अधिकांश एसकेएम पार्टीका सदस्य र समर्थकहरु थिए। ‘एसडीएफमा सामेल हुनेहरू एसडीएफकै थिए र यो नाटकमात्र हो’ भनी एसकेएमले दिएको बयानलाई एसडीएफले जन समर्थन देखेर एसकेएम अत्तालिएको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, एसकेएम सरकारको साढे चार वर्षको क्रियाकलाप र सिक्किम विरोधी गतिविधिलाई जनताले बुझिसकेका छन् र विस्तारै सिक्किमेली जनता आफ्नो माटो, राज्य, अस्तित्व र पहिचानको सुरक्षा अनि सम्बर्द्धनका लागि सचेत बनेर एसडीएफको सिक्किम बचाऔँ अभियानसित जोडिन आएका हुन्। हाम्रो जोइनिङ कार्यक्रममा साँच्चै हात्तीनै आयो। किनभने दुरदर्शी र जनवादी नेता श्री पवन चामलिङको नेतृत्वमा रहेको हाम्रो एसडीएफ पार्टीको राजनीति सत्यमा आधारित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement