२० सेप्टेम्बरः एशिया कपको फाइनलमा श्रीलंका विरुद्ध २१ रन खर्च गरी ६ विकेट हासिल गर्ने भारतीय पेस बलर मोहम्मद सिराज एकपल्ट फेरि विश्वका नम्बर एक बलर बनेका छन्। सिराजले पहिलोपल्ट यस साल जनवरीमा आईसीसी वनडे ऱ्यांकिंगमा शीर्ष स्थान हासिल गरेका थिए तर मार्चमा अष्ट्रेलियाले जोस हेजलवुड शीर्ष स्थानमा पुगेका थिए। श्रीलंका विरुद्ध एशिया कपको फाइनलमा करियरको सर्वश्रेष्ठ प्रदर्शनले सिराजसँग ८ पोइण्ट्सको बढ़त रहेको छ। दक्षिण अफ्रिकी स्पिनर केशव महाराज पनि यस हप्ताको अपडेटेड ऱ्यांकिंगमा अघि बढ़ेका छन्। यस ऱ्यांकिगमा एशिया कपको फाइनल बाहेक दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच वनडे सीरीजको साथ-साथ ईंग्ल्याण्ड र न्यूजील्याण्डबीच अन्तिम दुईवटा म्याचको रेकर्ड्स पनि सामेल गरिएको छ। महाराजको असल प्रदर्शनको सहायताले दक्षिण अफ्रिकाले शुरुवाती दुईवटा म्याच गुमाए पनि अन्तिम तीनवटा म्याचमा जीत हासिल गरी वनडे सीरीज जितेको थियो। महाराजले अन्तिम म्याचमा ३३ रन खर्च गरी ४ विकेट लिएका थिए अनि अहिले उनी बलरहरूका ऱ्यांकिगमा १५औं स्थानमा पुगेका छन्, जुन यसअघि उनको करियरको सर्वश्रेष्ठ ऱ्यांकिंगभन्दा १० स्थान माथि हो।
बलरहरूका ऱ्यांकिंगमा अघि बढ़्नेहरूमा अफगानिस्तानका स्पिनर मुजीब-उर-रहमान (दुई स्थान अघि बढ़ेर चौथो स्थानमा) अनि राशिद खान (तीन स्थान अघि बढ़ेर पाँचौं स्थानमा) सामेल छन्। ईंग्ल्याण्डका अलराउण्डर क्रिस वोक्स ११औं अनि दक्षिण अफ्रिकाका पेस बलर लुंगी एनगिडी २१औं स्थानमा रहेका छन्। ब्याटरहरूका ऱ्यांकिंगमा दक्षिण अफ्रिकाका हेनरिक क्लासेन र ईंग्ल्याण्डका डाविड मलानले आ-आफ्नो ऱ्यांकिंगमा व्यापक सुधार गरेका छन्। सेञ्चुरियनमा अष्ट्रेलिया विरुद्ध १७४ रनको ईनिंग्सले क्लासेनलाई शीर्ष १०-मा सामेल गरेको छ जबकि न्यूजील्याण्ड विरुद्ध ३ वटा म्याचमा २७७ रन बनाउने मलान पनि करियरको सर्वश्रेष्ठ १३औं स्थानमा पुगेका छन्। द ओवल मैदानमा ईंग्ल्याण्डको तर्फबाट अहिलेसम्मको सर्वोच्च १८२ रन बनाउने बेन स्टोक्स पनि १३ स्थानको फाइदासहित ३६औं स्थानमा पुगेका छन्। दक्षिण अफ्रिकाका डेविड मिलर (४ स्थान अघि बढ़ेर १७औं), श्रीलंकाका चरिथ असलांका (२ स्थान अघि बढ़ेर २८औं), बंग्लादेशका शाकिब अल हसन (५ स्थान अघि बढ़ेर २९औं) र अष्ट्रेलियाका एलेक्स केरी (३ स्थान अघि बढ़ेर संयुक्त रूपले २९औं स्थानमा) ब्याटरहरूका ऱ्यांकिंगमा अघि बढ़्ने अन्य खेलाड़ीहरूमा सामेल छन्।