नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)- का उपलब्धिहरूको सराहना गर्दै उपराष्ट्रपति जगदीप धनखड़ले यस कुरामाथि बल दिए, सफल चन्द्रयान-३ मिशनले अन्तरिक्ष अन्वेषणको इतिहासमा भारतको अन्तरिक्ष एजेन्सीको नाम दर्ता गराएको छ।
राज्यसभामा बुधवार चन्द्रयान-३ को सफल सफ्ट ल्याण्डिंगबाट चिन्हित भारतको गौरवशाली अन्तरिक्ष यात्रा विषयमाथि भएको चर्चाको शुरूआतमा सभापति जगदीप धनखड़ले यस तथ्यतर्फ ध्यान आकर्षित गराए, चन्द्रयान-३ को सफलताले भारतलाई चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिंग गराउने पहिलो देशको रूपमा स्थापित गराएको छ। उनले भने, यस उपलब्धिसितै भारत आगामी २०२५ सम्ममा चन्द्रमामा मनुष्यलाई पठाउनको लागि अमेरिका नेतृत्वाधिन बहुपक्षीय पहल आर्टेमिस समझौताको सदस्य बन्न पुगेको छ।
छः दशकभन्दा अधिकको भारतीय अन्तरिक्ष यात्राको उल्लेख गर्दै उपराष्ट्रपतिले रेखांकित गरे, भारतको अन्तरिक्ष कार्यक्रमले विदेशी प्रक्षेपण वाहनहरूमाथिको निर्भरतादेखि स्वदेशी प्रक्षेपण क्षमताहरूमाथि पूर्ण आत्मनिर्भरता प्राप्त गर्ने दिशामा परिवर्तन देखिएको छ। उनले भने, भारतले आफ्नो उपग्रह लञ्च गर्ने क्षमता विकसित गरेको छ साथै अन्य देशहरूको उपग्रह लञ्च गर्नको लागि आफ्ना सेवाहरूलाई पनि विस्तार गरेको छ, अहिलेसम्ममा ४२४ विदेशी उपग्रहहरूलाई लञ्च गरिसकिएको छ।
चन्द्रमाको सतहदेखि पर भारतका अन्य उपलब्धिहरूको सराहना गर्दै धनखड़ले सदनलाई स्मरण गराए, भारतको मार्स अर्बिटर मिशन (मंगलयान) वर्ष २०१४-मा आफ्नो पहिलो प्रयासमै सफलतापूर्वक लाल ग्रहमा पुगेको थियो। उनले हालैमा लञ्च गरिएको आदित्य-एल१ मिशन र आगामी शुक्रयान-१ मिशनमाथि पनि प्रकाश पारे। भिनसको अध्ययन गर्दै उपराष्ट्रपतिले भने, ग्रहहरूको खोज अनि गहिरो अन्तरिक्ष अभियानहरूमाथि ध्यान केन्द्रित गर्नु देशको विकास सम्बन्धि आवश्यक्ताहरूलाई पूरा गर्नको लागि अऩ्तरिक्ष प्रयासहरूको प्रयोग गर्ने इसरोका प्रयासहरूको एक स्वभाविक विस्तार थियो।