सिमुलबारी गोल्ड कपः सिलगढ़ी युनाइटेड एफसी प्री-क्वार्टर फाइनलमा

IMG-20230920-WA0345.jpg

२० सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा सिलगढ़ी युनाइटेड एफसी-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा सिलगढ़ी युनाइटेडले जलपाइगढ़ी पुलिसलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका कप्तान अजीत थापालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने म्याचमा सोनापुर आदिवासी क्लब र भौमिक वरियर्सबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement