मिरिक झील सुन्दर छ तर यसको गरिमा बचाई राख्न पर्छ: अनित थापा

IMG-20230920-WA0236.jpg

मिरिक: मिरिक भ्रमणमा रहेका जीटीए चिफ् अनित थापाले आज बिहान शहरको विभिन्न स्थानहरूमा पुगेर निरीक्षण गरे। आजको उनको निरीक्षणको केन्द्र मिरिक झील परिसर रहेको थियो। निरीक्षण समय उनले भने, “मिरिकको आकर्षण भनेको नै मिरिक झील हो। मिरिक झील सुन्दर छ तर यसको गरिमा बचाई राख्न पर्छ। यस झीलले आफ्नो सुन्दर गरिमा दिनदिनै हराउँदै जाँदैछ। झील परिसर सफा छैन।”

उनले अघि भने, “एक असल आर्किटेक्ट ल्याएर मिरिक झिलको सुन्दरीकरणको निम्ति काम सुरु गर्नेछौ। झीलको पुरानो गरिमा फर्काएर ल्याउनु पर्छ।”
उनले स्थानीय मन्दिरमा गएर पूजा पाठ सहित दिनको सुरुवात गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement