जबसम्म भोलेन्टीयर्स टिचरहरूका लागि कुनै ठोस निर्णय हुँदैन तबसम्म पेन डाउन र धरणा प्रदर्शन जारी रहने
दार्जिलिङ: पहाड़का विभिन्न विद्यालयहरूमा कार्यरत् भोलेन्टीयर्स टिचर्सहरूद्वारा स्थायीकरणको मांगमा गरिएको पेन डाउन र धरणा प्रदर्शनले २४ दिन पुगि सकेको छ। विभिन्न विद्यालयहरूमा कार्यरत् टिचर्सहरूलाई स्थायी गरिनु पर्ने मांगमा अल जीटीए लेफ्ट अाउट भोलेन्टीयर्स टिचर्स एसोसिएशनद्वारा गरिएको पेन डाउन र धरणा प्रदर्शनले आज २४ दिन पुगेको छ। तर अहिलेसम्म कुनै समाधानको बाटो देखा परेको छैन। भोलेन्टीयर्स टिचरहरूले जीटीएको मुख्य कार्यालय लालकोठीमा लगातार रूपमा धरणा प्रदर्शन गरिरहेका छन्। यसै क्रममा आज २४औं दिन पनि अल जीटीए लेफ्ट आउट भोलेन्टीयर्स टिचर्स एसोसिएशनद्वारा धरणा प्रदर्शन गरेका छन्। उक्त धरणा प्रदर्शनमा जीटीएभरिका टिचर्सहरू भेला भएर लगातार रूपमा धरणा प्रदर्शन गरेका छन्। आजको धरणा प्रदर्शनमा दार्जिलिङ, कालेबुङ, खरसाङ, खरसाङ, मंग्पु, बिजनबारी लगायत जीटीएभरिका भोलेन्टीयर्स टिचरहरू उपस्थित रहेका थिए। उक्त धरणा प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अल जीटीए लेफ्ट आउट भोलेन्टीयर्स टिचर्स एसोसिएशनको कार्यकारी सदस्य सागर राईले भोलेन्टीयर्स टिचरहरूको पेन डाउन र धरणा प्रदर्शन २४ दिन पुगेको र यो लगातार रूपमा चल्ने बताएका छन्। उनले जबसम्म भोलेन्टीयर्स टिचरहरूका लागि कुनै ठोस निर्णय हुँदैन तबसम्म पेन डाउन र धरणा प्रदर्शन लगातार रूपमा चल्ने पनि बताएका छन्। सागर राईले भने, हामी हाम्रो पेन डाउन र धरणा प्रदर्शन विषयमा जीटीएलाई लगातार रूपमा अपडेट गराईरहेका छौं साथै सबै सभासदहरू र सम्बन्धितहरूलाई बताईरहेका छौं। त्यसरी नै हामीले हरेक अपडेट हेड मास्टर एसोसिएशनलाई पनि दिइरहेका छौं। उहाँहरूले पनि हाम्रो पक्षमा बोलिदिएर सहयोग गरिरहेकोमा संगठनको पक्षमा धन्यवाद दिँदछौं।’ राईले अघि भने, ‘अब अझैं रहेका हेड मास्टरहरूले पनि बोलिदिने अपिल गर्दछौं।’