कोलकाताः केरलामा धेरै जनाको ज्यान लिइसकेको निपा संक्रमणको एक मामिला पश्चिम बंगालमा पनि देखिएको छ। एक प्रवासी मजदूरमा यो संक्रमण पाइएपछि उसलाई कोलकाताको बेलेघाट आईडी अस्पतालमा भर्ती गराइएको छ। यसलाई लिएर राज्य स्वास्थ्य विभागको चिन्ता बढ्न थालेको छ। उक्त रोगीको सम्पर्कमा आएका मानिसहरू र रोगीद्वारा प्रयोग गरिएको बाटोहरूको सूची बनाइँदैछ।
जानकारी अनुसार, सेप्टेम्बरमा युवकलाई पहिलो पल्ट ज्वरो आएको थियो। उसलाई दुई दिनसम्म एर्नाकुलम अस्पतालमा भर्ती गराइएको थियो। त्यसपछि छुट्टी लिएऱ युवक आफ्नो घर फर्क्यो। यसपछि १० सेप्टेम्बरमा फेरि ज्वरो आउँदा उसलाई नेशनल मेडिकल कलेज अस्पतालमा भर्ती गराइएको थियो। युवक केरलबाट फर्केको थियो, यसैले निपाह भाइरलसे संक्रमित हुनसक्ने आशंकाले उसलाई नेशनल मेडिकल कलेजदेखि बेलेघाट आईडी अस्पतालमा स्थानान्तरित गरियो।
राज्यका स्वास्थ्य निदेशक सिद्धार्थ नियोगीले बुधवार भने, राज्यमा अहिलेसम्म निपाहले कोहीपनि संक्रमित भएको छैन। युवकको स्थिति स्थिर छ।
-हिस