कसबामा बन्दूक लहराउने सौमित पक्राउ

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः महानगर कोलकाताको कसबा थाना अन्तर्गत बैकुण्ठपुर क्षेत्रमा बन्दूक लहराउने आरोपित सौमित मण्डललाई कोलकाता पुलिसले पक्राउ गरेको छ।

प्राप्त जानकारी अनुसार, जब स्थानीय मानिसहरूले यता-उता फोहोर नफ्याक्नु भने तब उसले हमला गरेको थियो। हत्याको प्रयास र आर्म्स एक्टको धाराहरू अन्तर्गत मामिला दर्ता गरी त्यस विरूद्ध कारबाही शुरू गरिएको छ।

कोलकाता पुलिसका एक अधिकारी अनुसार, कथित रूपमा सौमितले हरेक ठाउँ फोहोर फ्याँक्ने गर्थ्यो। स्थानीय निवासीहरूले बारम्बार विरोध गर्दा उसले मान्थेन। प्रारम्भिक जाँचमा थाहा लागेको छ, सौमित आईटी सेक्टरमा काम गर्थ्यो तर उसले ‘प्रेस’ र ‘पुलिस’ स्टिकर लागेको कारहरूमा घुम्नेगर्थ्यो।

पुलिस सूत्रहरू अनुसार, सौमितका पिता एक पुलिस अधिकारी थिए, जो अहिले सेवानिवृत्त भइसकेका छन्। के प्रेस र पुलिस स्टिकरको अवैध प्रयोग केवल शक्ति प्रदर्शन थियो वा सौमित असामाजिक गतिविधिहरूमा पनि संलिप्त छ, पुलिसले यसको जाँच गरिरहेछ।

-हिस

About Author

Advertisement