घैयाबारी ग्राम पञ्चायत तीनमा आधिकारिक रूपमा प्रधान र उप प्रधानले शुरु गरे कार्य

IMG-20230920-WA0341.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी तीन ग्राम पञ्चायतमा आज विधिवत् रुपमा पूजा -अर्चना गरेर पञ्चायत प्रधान अनि उप -प्रधानले पूर्ण रुपमा आफ्नो कार्यभार सम्हालेका छन्। आजदेखि घैयाबारी ग्राम पञ्चायत तीनमा आधिकारिक रूपमा पञ्चायत प्रधान र उप प्रधानले आफ्ना कार्यभार सम्हालेका छन् भने अन्य निर्वाचित सदस्यहरूले पनि कार्यभार सम्हालेका छन्।

आजको यो कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज क्षेत्री, मनोनित सभासद प्रणाम रासाईली, भागोप्रमो खरसाङ महकुमा समितिका उप-सभापति प्रेम प्रधान, पञ्चायत समिति सदस्या कुसुम तामाङ र दावा वाङ्दी लामा पनि उपस्थित रहेका थिए। यसको साथै २५३ र २५४ बुथका भाग्रोप्रमाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा अनि उप-प्रधान केवल राई रहेका छन् । यस ग्राम पञ्चायतमा रहेको ९ वटा सिटहरूमा भागोप्रमो पार्टीले ७ वटा सिटहरूमा बिजय भएर बहुमतले बोर्ड गठन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement