सिलगढ़ी। सिलगढ़ी तराई लायन्स ब्लड ब्याङ्क र सिलगढ़ी पुलिस कमिश्नरेट एनजेपी ट्राफिक गार्डद्वारा तीनबत्ती मोड़ संलग्न ट्राफिक गार्ड कार्यालयमा रक्तदान शिविर सम्पन्न भयो। यस अवसरमा पुलिस आयुक्त सी. सुधाकरको प्रमुख उपस्थिति रहेको थियो भने एनजेपी ट्राफिक गार्ड आईसी सैनुर रहमानको पनि उपस्थिति रहेको थियो।

उक्त शिविरमा ५० यूनिट रगत संग्रह गरिएको थियो। यसै दिन सिलगढ़ी पुलिस आयुक्तको वित्तीय सहयोगमा निर्मित यातायात भवनको पनि पुलिस आयुक्त सी. सुधाकरले उद्घाटन गरेको थियो।