काेलकाता: पश्चिम बंगालमा डेङ्गूका कारण लगातार भइरहेको मृत्युको क्रम रोकिने नाम लिएको छैन। गत २४ घण्टामा २ जनाको मृत्यु डेङ्गूले भएको छ। पहिलो मृत्यु दक्षिण २४ परगनाको भांगडमा भयो भने दोस्रो नदियाको राणाघाटमा भएको छ।
राज्य स्वास्थ्य विभागका एक अधिकारीले बुधवार यसको पुष्टि गर्दै भने, राणाघाट कलेजकी द्वितीय वर्षकी छात्राको डेङ्गूले मृत्यु भएको छ। मृतकको नाम सुष्मिता मण्डल हो। उनी गत चार दिनदेखि ज्वरोले पीडित थिइन्। मंगलवार राणाघाट उपजिल्ला अस्पतालमा उनको मृत्यु भयो।
यसरी नै भांगडमा मनोआरा बीबी नामकी एक युवतीलाई बेलेघाटा आईडी अस्पतालमा भर्ती गरिएको थियो। अस्पताल अनुसार, मनोआरा बीबीको रक्त परीक्षण रिपोर्ट डेङ्गू पोजिटिभ आएको थियो। मंगलवार सॉंझ उनको मृत्यु भयो।
उल्लेखनीय छ, कोलकाताका विभिन्न अस्पतालहरूमा डेङ्गूले मर्नेहरूको संख्या लगभग तीन दर्जन पुगेको छ। राज्यमा संक्रमित व्यक्तिहरूको संख्या २५,००० छेउ रहेको छ।










