राजीव गान्धीको सपना थियो महिला आरक्षण विधेयक: सोनिया गान्धी

IMG-20230920-WA0317.jpg

नयाँ दिल्ली: कंग्रेसकी वरिष्ठ नेता एवं लोकसभा सदस्य सोनिया गान्धीले बुधवार भनिन्, महिला आरक्षण विधेयक राजीव गान्धीको सपना थियो। स्थानीय निकायहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्ने संविधान संशोधन विधेयक पहिलो पटक उनको जीवनसाथी राजीव गान्धीले नै ल्याएका थिए।

सोनिया गान्धीले लोकसभामा ”नारी शक्ति वन्दन विधेयक- २०२३”-माथि भएको चर्चामा भनिन्, उनी कंग्रेसको तर्फबाट यस विधेयकलाई समर्थन गर्दछन्। यो उनको जीवनको अत्यन्त मार्मिक क्षण हो। आज देशभरिका स्थानीय निकायहरूको माध्यमबाट हामीसित १५ लाख निर्वाचित महिला जनप्रतिनिधिहरू छन्। यो राजीव गान्धीको पहलबाटै सम्भव भएको थियो। यो कानून पूर्ण रूपले लागू भएपछि राजीव गान्धीको सपना पनि पूरा हुनेछ।

उनले अझ भनिन्, विगत १३ वर्षदेखिको भारतीय नारीहरूले आफ्नो राजनीतिक जिम्मेवारीको प्रतीक्षा गरिरहेका छन्। फेरि पनि उनीहरूलाई प्रतीक्षा गर्न लगाइएको छ। के भारतका नारीहरूप्रति यसकिसिमको बर्ताव उचित छ? भारतीय नारीहरूको हृदयमा महासागर जस्तै धैर्यता छ। उनीहरूले आफूमाथि भएको बेइमानीको सिकायत गरेनन् र कहिल्यै पनि आफ्नो मात्र फाइदाको बारेमा सोचेनन्। उनीहरूले नदीले जस्तै सबैको भलोको लागि काम गरेका छन् र आपत आइलाग्दा हिमालय जस्तै अडिग बसेका छन्। उनले भनिन्, महिला आरक्षण बिललाई लागू गर्नमा अझ ढिल्याई गर्नु भनेको भारतका महिलाहरूप्रति घोर अन्याय गर्नु हो।

सोनियाले भनिन्, स्त्रीको मिहेनत, स्त्रीको गरिमा औ स्त्रीको त्यागलाई चिनेर मात्र हामी मनुष्यताको परीक्षामा उतीर्ण हुनसक्छौं। स्वतन्त्रता संग्राम तथा नयाँ भारतको निर्माणमा हरेक मोर्चामा महिलाहरू पुरूषको काँधमा काँध मिलाएर अघि बढ़े। स्त्रीहरूको धैर्यको अनुमान लगाउनु असम्भव छ। उनीहरू आरामलाई चिन्दैनन् र थाक्न पनि मान्दैनन्। स्त्रीले हामीलाई जन्म मात्र दिएकी छैनन् जबकि आँशु र रगत-पसिनाले सिँचेर हामीलाई सोच्ने योग्यको, बुद्धिमान र शक्तिशाली पनि बनाएका हुन्।

कंग्रेस नेता सोनिया गान्धीले भनिन्, भारतीय राष्ट्रिय कंग्रेसको माग छ कि यो बिललाई तत्काल लागू गरियोस्। साथै जातिगत जनगणना गराएर एससी, एसटी र ओबीसी वर्गका महिलाहरूको लागि आरक्षणकोव्यवस्था गरियोस्। उनले कंग्रेस पार्टीको तर्फबाट माग गरिन्, ”नारी शक्ति वन्दन अधिनियम- २०२३”- लाई बाटोका सबै अवरोधहरूलाई हटाएर चाँड़ोभन्दा चाँड़ो लागू गरियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement