खरसाङ: योगा र पर्यावरणको सन्देश लिएर कर्नाटकको मैसुरबाट एक युवक पैदल आईपुगे खरसाङ। कर्नाटकको मैसुर निवासी २१ वर्षीय कृष्ण नायक पैदल यात्राको साथमा पर्यावरण र योगाको विषयमा सन्देश बाँढ्दै खरसाङ आईपुगेका छन्। उनले आफ्नो यात्रा १६ अक्टोबर २०२२ मा मैसुरबाट शुरु गरेका थिए भने उनले अहिलेसम्म भारतको ११ वटा राज्यहरू र नेपाल पनि पैदल पुगिसकेका छन्। कृष्ण नायक नेपाल सबै घुमेर मंगलबार साँझ खरसाङ आईपुगेका थिए भने आज उनी खरसाङबाट दार्जिलिङको लागि पैदल नै प्रस्थान गरेका छन्।

उनी आज सोनादामा नै बस्ने बताउँदै दार्जिलिङ घुमेर सिक्किम हुँदै उत्तर पुर्वी राज्यहरू र दिल्ली अनि जम्मु कश्मीरसम्म पुग्ने भएको छ। त्यसपछि घर मैसुर फर्कने योजना रहेको बताएका छन्। पेशाले अन्तर्राष्ट्रीय योगा शिक्षक कृृष्ण नायकले योगा र पर्यावरण विषयमा स्कूलतिर अनि विद्यार्थीहरूलाई सिकाउने गरेको पनि बताएका छन्। पैदल नै खरसाङ आईपुगेका कृष्ण नायकले बताएका छन्। उनले आफु पर्यावरण र योगाको सन्देश दिन्दै पैदल यात्रा गरेर आईपुगेको बताएका छन्।