२० सेप्टेम्बरः सम्पूर्ण उत्तर बंगालमै सर्वाधिक पुरस्कार राशि (७.५ लाख रुपियाँ)-को साथ मानेभञ्ज्यांग गोल्ड कप फूटबल टुर्नामेण्टको सातौं संस्करण २ अक्टोबरदेखि शुरु हुनेछ। मानेभञ्ज्यांग फूटबल क्लबको आयोजनमा हुने यस प्रतिष्ठित टुर्नामेण्टमा उत्तर बंगाल, सिक्किम, कलकत्ता, नेपाल र उत्तर-पूर्व भारतका १६ वटा अग्रणी टीमले हिस्सा लिनेछ। मानेभञ्ज्यांग फूटबल मैदानमा हुने टुर्नामेण्टको उद्घाटन म्याचमा पानबारी एफसी (धरान नेपाल) र बीएसके जलपाइगढ़ीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ११ र १२ अक्टोबरमा हुनेछ। यसरी फाइनल १५ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।