सिलगढ़ी। गत दुई-तीन दिन अघि सिलगढ़ी सहर संलग्न पोड़ाझार र ममतापाड़ा क्षेत्रको दुई अलग अलग घरमा दिउँसै सुनचाँदीको गरगहना चोरी भएको सम्बन्धमा न्यूजलपाइगढ़ी थानामा लिखित उजुरी दर्ता गरिएको थियो।

यसै लिखित उजुरीको आधारमा मंगलाबार पुलिसले जलपाईगढ़ी थाना अन्तर्गत शान्तिपाड़ा क्षेत्रबाट सन्जय राय उर्फ लादेन नामक युवकलाई सुनचाँदीको गरगहना सहित पक्राउ गरेको थियो भने बुधबार जलपाईगढ़ी जिल्ला अदालतमा पठाएको बताईएको छ।