सिलगढ़ी। सिलगढ़ी महकुमा परिषद अन्तर्गत फाँसीदेवा ब्सकको सदरगाँछ क्षेत्रको सड़क किनारी एकजना अज्ञात व्यक्तिको शव पुलिसले उद्धार गरेको छ। बुधबार विहान यस घटनाले सम्पूर्ण क्षेत्रमा नै सनसनी मच्चिएको थियो। स्थानीय बासिन्दाहरुले सड़क किनारी उक्त अज्ञात व्यक्तिको शव देखेपछि यसको जानकारी पुलिसलाई दिएको थियो भने घटनास्थलमा विधाननगर थानाको पुलिसबल पुगेर शव बरामद गरेर पोस्टमार्टमको निम्ति उत्तरबंगाल मेडिकल कलेजमा पठाएको थियो। शवको शनाखत हुन नसकेको तर पुलिस घटनाको जाँचमा लागि परेको जनाएका छन्।