गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पारखामा सञ्चालित मोडल रेसिडेन्सियल स्कूलको निरीक्षण गरे। उक्त स्कूल भवनको सञ्चालन हालै ७ जुलाईदेखि शुरू भएको हो। यस भन्दा अघि पनि जिल्लापालले उक्त भवनको निरीक्षण गरेका थिए। तर त्यस समयमा सो भवनको निर्माण कार्य युद्धस्तरमा चलिरहेको थियो। निरीक्षणको क्रममा जिल्लापालले विद्यार्थी साथै शिक्षकवर्गसँग भेटघाट गर्दै कुराकानी गरे। यस अवसरमा उनले नयाँ विद्यालय भवनमा विद्यार्थीहरूको सुविधा साथै भोजन व्यवस्थाबारे जानकारी लिए।

विद्यार्थीहरूले विभिन्न प्रकारको सपना देख्ने गर्दछन् तर सपनलाई साकार तुल्याउनको निम्ति आफ्नो पढाइलाई प्राथमिकता दिनु पर्ने आग्रह गरे।