सिलगढ़ी। सिलगढ़ी मेट्रोपोलिटन अन्तर्गत प्रधाननगर थानाका पुलिसबलले मंगलाबार राती दार्जीलिङ मोड़ क्षेत्रबाट गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको घटना प्रकासमा आएको छ। बुधबार आरोपी युवकलाई सिलगढ़ी अदालतमा पठाईएको छ। प्रधाननगर थानाका पुलिसबलले गोप्य सूचनाको आधारमा सिलगढ़ी नगरनिगम वार्ड नम्बर ४६ को सत्यजीत नगर क्षेत्रबाट भोला सरकार नामक उक्त युवकलाई १०.५ किलोग्राम अवैद्य गाँजासितै समाउन सफल भएको थियो। आरोपी युवक बालुरघाट निवासी रहेको तर विगत एक सालदेखि सिलगढ़ीमा बस्दै आईरहेको र अवैद्य नशालु पदार्थहरुको कारोबारमा संलिप्त हुँदै आईरहेको बताएको छ। पुलिसले पक्राउ परेको युवकसँग कहाँबाट गाँजा ल्याएर कसलाई बेच्ने गरेको सो बारे अनुसन्धान चलाईरहेको बताएका छन्।