जलपाइगढ़ी। जलपाईगढ़ी जिल्लाको मैनागुड़ी पावर हाउस-मोड़ क्षेत्रमा सुस्मिता तरफदार नामकी महिलाको ओछ्यानबाट विषालु सर्प फेला परेको घटनालाई लिएर पूरै क्षेत्रमा हलचल मच्चियो। सुस्मिता देवी ओछ्यानमा सुतिरहेको समय अचानक उसले आफ्नो शरीरमा केही हिँड़ेको महशुस गरिन् शायद यो मुसा हो भन्ने उनलाई लागेता पनि कालो र पहेँलो रंगको ठुलो आकृति भएको सर्प देखेपछि उनी चिच्याउन थालिन्। त्यसपछि छिमेकीले ओछ्यानमा सर्प देखेपछि मैनागुड़ी रोड पर्यावरण प्रेमी संस्थाका सदस्यलाई खबर दिने बित्तिकै उक्त सर्पलाई सुरक्षित उद्धार गर्न सफल भएको थियो। यो सर्प विषालु भएता पनि यसको डस्ने बानी निकै कम रहेको सर्प प्रेमले बतएका छन्। उक्त सर्पलाई जङ्गलमा छाडे़पछि गाउँलेहरुले राहत अनुभव गरे।