१९ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा शनिवार एउटा क्वार्टर फाइनल म्याच खेलियो। यस एकतर्फी म्याचमा खरसाङको सेण्ट अल्फन्सस स्कूलले सनराइज स्कूल लेबोंगलाई ३-०-ले पराजित गऱ्यो।

ह्याट्रिकको साथ टीमलाई जीत दिलाउने विजेता टीमका एरोन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको विजेता टीमले २५ सेप्टेम्बरमा खेलिने सेमिफाइनलमा एसआरएस (सेण्ट रोबर्ट्स स्कूल) यल्लो र सोनादा हाई स्कूलबीच खेलिने क्वार्टर फाइनलको विजेतासँग सिंग जुझाउनेछ। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल २५ सेप्टेम्बर अनि फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।